वरिष्ठ जनरल सर्जन डा.रामप्रसाद श्रेष्ठको निधन
काठमाडौं : वीर अस्पतालका पूर्व निर्देशक एवं वरिष्ठ जनरल सर्जन डा. रामप्रसाद श्रेष्ठको निधन भएको छ ।
ललितपुरकाे हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालमा उपचारका क्रममा बुधबार बिहान डा. श्रेष्ठको निधन भएको हो। उनी फोक्सो क्यान्सरबाट पीडित थिए ।
उनी वीर अस्पतालका निर्देशक समेत भएका थिए। सरकारी सेवाबाट अवकाश लिएपछि उनी सीतापाइलास्थित मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा कार्यरत थिए। उनी मनमोहन अस्पतालको समेत पूर्व निर्देशक हुन्।
करिब एक वर्षअघि उनलाई चौथो स्टेजको क्यान्सर भएको पत्ता लागेको पारिवारिक स्रोतले जनाएको छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण