गुनिलाे फल स्याउ तर, खतरनाक बियाँ
स्वाद मात्र होइन औषधीय दृष्टिले पनि स्याउको महत्त्व छ। तर, त्यही स्याउको बीज (बियाँ) कति खतरनाक हुनसक्छ भने त्यसले मृत्युको मुखमा पनि पुर्याउन सक्छ ।
स्याउको बियाँमा एक यस्तो तत्त्व पाइन्छ, जो एकदम विषालु हुन्छ। यो तत्त्व पाचन इन्जाइमको सम्पर्कमा आउँछ र त्यससँग मिलेर ‘साइनाइड’ बन्छ ।
अमिगडलिनमा साइनाइड र चिनी हुन्छ। जब यो शरीरमा प्रवेश गर्छ, तब हाइड्रोजन साइनाइडमा रूपान्तरण हुन्छ। यसले बिरामी बनाउने मात्र होइन, ज्यानै लिनसक्ने खतरा हुन्छ ।
यसले कसरी गर्छ हानि ?
साइनाइड खतरनाक विष हो। जब यो शरीरमा प्रवेश गर्छ, त्यसले सबैभन्दा पहिला अक्सिजनको आपूर्तिमा समस्या ल्याउँछ। अवरोध पुर्याउँछ र तुरुन्तै ज्यान जान पनि सक्छ।
स्याउको दुई सय बियाँले बनेको चूर्ण मानव शरीरका लागि एकदम खतरनाक हुन्छ। यसमा पाइने साइनाइडले मस्तिष्क र हृदयमा तिव्र असर गर्छ। यसले मान्छेलाई कोमामा पुर्याइदिन्छ। यदि धेरै मात्रामा साइनाइडको सेवन गरियो भने तुरुन्तै सास लिन समस्या हुन्छ। मुटुको धड्कन बढ्न थाल्छ। रक्तचाप न्युन हुन्छ। मानिस बेहोश हुन्छ।
यसको आशिंक सेवनले चक्कर आउने, पेट दुख्ने, बान्ता आउने जस्ता समस्या देखिन्छ।
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने
न्युरोसाइन्स सम्बन्धी १४ दिने अन्तराष्ट्रिय वर्कशप काठमाडौंमा
कान्ति बाल अस्पतालले माग्यो ठूलो संख्यामा चिकित्सक तथा नर्स
जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिकलाई काठमाडौं महानगरले नि:शुल्क उपचार दिने