नेपालमा अब यी विषादी पाइने छैन बेच्न
काठमाडौं : सरकारले खतराजन्य मानिएका पाँच प्रकारका विषादी रजिस्ट्रेसन खारेज गर्ने निर्णय गरेको छ। तिनमा किट तथा ढुसीनाशक विषादीहरू छन्।
लामो समयदेखि प्रयोग भइरहेका खतराजन्य विषादीहरूको दुरूपयोग रोक्न ‘जीवनाशक विषादी व्यवस्थापन समिति’को बैठकले पाँच किसिमका विषादी प्रतिबन्ध लगाउने निर्णय गरेको हो।
प्रतिबन्धित गरिएका विषादीमा किटनाशकतर्फ डाइक्लोरोभस, कार्बोफ्युरान, ट्राइजोफस र कार्बारिल छन्। जसमध्ये डाइक्लोरोभसलाई किसानले ‘नुभान’ र यस्तै मिल्दोजुल्दो व्यापारिक नामले चिन्ने गरेका छन्।
यस्तै ढुसीनाशकतर्फ बेनोमिल पनि प्रतिबन्धित विषादीको सूचीमा परेको छ। छिमेकी भारतको कृषि एवं किसान कल्याण मन्त्रालयले समेत कार्बोफ्युरान, कार्बारिल र बेनोमिल विषादीलाई प्रतिबन्ध लगाइसकेको छ।
‘गत पुस १६ गते बसेको समितिको २१औं बैठकको निर्णयसँगै यी पाँचवटै विषादीलाई नेपालमा आयात, निर्यात, संश्लेषण, बिक्री–वितरण र प्रयोगमा प्रतिबन्ध लागेको हो।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’