गाउँपालिकाले बाँड्याे स्वास्थ्य संस्थालाई सोलार
बैतडी : स्वास्थ्य सेवा प्रभावकारी बनाउन बैतडीको दुर्गम सिगास गाउँपालिकाले गाउँपालिकाभरिका सबै स्वास्थ्य संस्थामा सोलार वितरण गरेको छ। गाउँपालिकाभरि रहेका १७ स्वास्थ्य संस्था, सामुदायिक स्वास्थ्य एकाइ र प्रसूति सेवा केन्द्रमा सोलार सेट वितरण गरिएको सिगास गाउँपालिकाका स्वास्थ्य सहसंयोजक जनकसिंह धामीले जानकारी दिए। रातिको समयमा समेत सेवा दिन सजिलो होस् भन्ने उद्देश्यले सोलार सेट वितरण गरिएको हो।
गाउँपालिकामा विद्युतको पहुँच नभएका कारण स्वास्थ्य संस्थालाई सोलार वितरण गरिएको हो। यस्तै १७ वटै स्वास्थ्य संस्थालाई डेलभरी सेट र बीपी सेटसमेत वितरण गरिएको उनले जानकारी दिए। सोलार पाएपछि प्रसूति सेवा प्रदानमा सहज हुने स्वास्थ्यकर्मीले बताए। उज्यालोको अभावमा मोबाइल तथा दियालो बालेर प्रसूति सेवा प्रदान गर्नु परिरहेकामा सोलार सेट प्राप्त भएपछि सेवा प्रदानमा सहज हुने चौखाम स्वास्थ्यचौकीका इन्चार्ज हेमन्तसिंह साउदले बताए।
चालू आर्थिक वर्षमा स्वास्थ्य संस्था सुदृढीकरणका लागि चार लाख रुपैयाँ बजेट विनियोजन गरेको र सोही रकमले सोलार सेट, डेलिभरी सेट र विपी सेट खरिद गरिएको गाउँपालिकाले जनाएको छ । सिगास गाउँपालिका विद्युत् सेवाको पहुँचबाहिर छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण