बालबालिकालाई टुथपेस्ट कति दिने?
काठमाडौं : हामीलाई बिहान बेलुका दाँत माझ्नुपर्छ भन्न थाहा छ तर टुथपेस्ट कति लिने भन्ने अधिकांशलाई थाहा छैन। अझ बच्चाहरूलाई कति दिने भन्नेमा हामी जानकार नै छैनाैँ।
अमेरिकास्थित सेन्टर फर डिजिज कन्ट्रोल यान्ड प्रिभेन्सनको अध्ययनअनुसार, तीनदेखि ६ वर्षसम्मका बच्चालाई ब्रसमा केराउको दाना जति टुथपेस्ट दिनुपर्छ।
दन्तमञ्जनको अधिक मात्राले बच्चाको दाँतलाई हानि गर्न सक्छ। अध्ययनअनुसार, करिब ४० प्रतिशत अभिभावक आफ्ना सन्तानलाई निर्धारित मात्राभन्दा बढी टुथपेस्ट दिन्छन्। दाँत उम्रिने बेला भएका बच्चालाई कम टुथपेस्ट दिनुपर्छ किनकि अधिक मात्रामा टुथपेस्ट दिँदा उनीहरूलाई ‘डेन्टल फ्लुओरोसिस’ हुन सक्छ।
अमेरिकन डेन्टल एसोसिएसनको वेबसाइट अनुसार, यसको ठूलो कारण भनेको टुथपेस्टमा फ्लुओराइड हुन्छ र त्यसले दाँतलाई ब्याक्टेरियाबाट सुरक्षित राख्छ। तर यसको अधिक मात्राले दाँतको माथिल्लो पत्रलाई खियाउँछ।
साना बच्चाका लागि टुथपेस्टको कम प्रयोग गर्ने सल्लाह किनकि टुथपेस्ट बाहेक पानी पनि फ्लोराइडको एक स्रोत हो। दाँतमा त्यसले पनि असर पार्छ।
अध्ययनअनुसार, फ्लोरिससको असर दाँत पलाइरहेका बच्चाको दाँतमा मात्र पर्छ। यसले दन्त स्वास्थ्यमा पूरै असर त पार्दैन तर फ्लोराइडको मात्रा नियन्त्रित नगर्दा दाँतको रंग खुइलिन्छ। यसको अत्यधिक मात्राले दाँतको बनावटमा पनि असर पार्छ।
मातृ तथा नवजात शिशु मृत्युदर घटाउन मिडवाइफको भूमिका महत्वपूर्ण
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो