यसकारण नियमित गराैँ याेग

शारीरिक व्यायाम तथा विभिन्न आसनहरूको माध्यमबाट स्वास्थ्य समस्या रोकथाम गर्न सकिने प्रभावकारी उपचार विधि हो, योग । यसको सहयोगले कुनै पनि रोग लाग्दैन र र लागिसकेका रोगसमेत औषधिको प्रयोगविनै निर्मूल गर्न सकिन्छ । लाखौँ मानिसको दैनिक क्रियाकलाप समेत बनिसकेकाे योग जुनसुकै उमेर समूहका मानिसले पनि सजिलै गर्न सक्छन्।
याेगका विभिन्र आसनहरू छन् जसका कुनै बेफाइदा वा नकारात्मक असर छैनन् । तर कुन रोग वा कुन समस्याका लागि के आसन गर्नुपर्छ भन्ने बुझ्न जरुरी छ। सामान्य जानकारी नलिई योग गर्दा समस्या पनि आउनसक्छ।
याेगका फाइदा
– शारीरिक र मानसिक स्वास्थ्यका लागि अत्यन्त उपयोगी मानिन्छ ।
– नसर्ने रोगहरुको रोकथाममा प्रभावकारी तथा रोग लागिसकेपछि निर्मूल पार्न सकिन्छ ।
– याे जीवनशैली व्यवस्थापनमा सहयोगी छ।
– डर, चिन्ता, तनाव एवं मानसिक विकारबाट छुटकारा मद्दत गर्छ ।
– आधुनिक जीवनशैलीका कारण निम्तिएका विभिन्न रोगहरूले गर्दा परेको आर्थिक भार न्यूनीकरण गर्न सकिन्छ ।
– स्थान र समयका हिसाबले पनि पायक पर्ने किसिमले अपनाउन सकिन्छ ।
अायुर्वेद विभागका महानिर्देशक डा. वासुदेव उपाध्यायसँगकाे कुराकानीमा अाधारित
औषधिको मूल्य नीति सुझाव समितिको प्रतिवेदनमा उद्योगी तथा व्यवसायीको आपत्ति
किष्ट अस्पताल बन्यो ‘एनएबिएच’ मान्यता प्राप्त शिक्षण अस्पताल
आँखा स्वास्थ्य सम्बन्धी विश्वस्तरिय डिजिटल तालिम अब नेपालमै
नेपालमा पहिलोपटक लिंग परिवर्तन शल्यक्रिया
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति