बरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा प्रकाशराज न्यौपानेको क्यान्सरबाट निधन
हेल्थ टिभी अनलाइन : वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा प्रकाशराज न्यौपानेको क्यान्सर रोगबाटै मृत्यु भएको छ । ६४ वर्षका डा न्यौपानेको आज बिहान उपचारका क्रममा पाटन अस्पतालमा उनको निधन भएको हो ।
डा न्यौपाने विगत एक वर्षदेखि कोल्यान्जियो कार्सिनोमा नामक क्यान्सर रोगसँग संघर्ष गरिरहेको उनको उपचारमा संलग्न चिकित्सक डा अरुण शाहीले जानकारी दिएका छन् । सर्जिकल अन्कोलोजीमा पीएचडी समेत गरेका डा न्यौपाने नेपालका स्थापित क्यान्सर रोग विशेषज्ञ त थिए नै क्यान्सर रोग विरुद्धको अभियानका अभियन्ता समेत थिए ।
भक्तपुर क्यान्सर अस्पतालमा डाइरेक्टर समेत भइसकेका डा न्यौपाने हाल बीएण्डबी तथा काठमाडौं क्यान्सर सेन्टरमा कार्यरत थिए । धेरै क्यान्सर रोगका बिरामीलाई उपचार मार्फत नयाँ जीवन दिएका डा न्यौपानेको निधन क्यान्सर रोगबाटै भएको हुन पुगेको छ ।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य