किष्ट अस्पतालमा १५ औं कलेजो प्रत्यारोपण सफल
छोरीले दिइन बुवालाई कलेजो
हेल्थ टिभी अनलाइन : किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा १५औं कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भएको छ । २६ वर्षीया छोरीले आफ्ना ५० वर्षीय बुवालाई कलेजो दान गरेकी हुन्।
एक छोरीले आफ्ना बुवाको जीवन बचाउन गरेको यो साहसी निर्णय केवल चिकित्सकीय सफलता मात्र नभई भावनात्मक रूपमा पनि अत्यन्त प्रेरणादायी क्षण बनेको भन्दै अस्पतालले छोरीको प्रशंसा गरेको छ । उपचारको प्रत्येक चरणमा देखिएको आशा, डर र अन्ततः सफलताको खुशीले यो प्रत्यारोपणलाई अझ विशेष बनाएको अस्पतालले जनाएको छ ।
किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालले निरन्तर रूपमा उच्चस्तरीय सेवा गर्दै अंग प्रत्यारोपण जस्तो जटिल सेवामा पनि निरन्तरता कायम राख्दै आएको अस्पतालले जनाएको छ । विशेषगरी कलेजो तथा मिर्गौला प्रत्यारोपण सेवामा उल्लेख्य प्रगति समेत प्राप्त गरेको छ । यसको श्रेय अस्पतालका दक्ष तथा अनुभवी चिकित्सक टोलीलाई जाने पनि अस्पतालले जनाएको छ ।
अस्पतालले कलेजो तथा मिर्गौला प्रत्यारोपण सेवालाई अझ विस्तार र सुदृढ बनाउने प्रक्रियालाई पनि अगाडि बढाइरहेको बताएको छ ।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य