अल्ट्रासाउन्ड के हो ? कुन कुन समस्या पत्ता लगाउन प्रयोग हुन्छ ?

डा अशिम शाक्य
कन्सल्टेन्ट रेडियोलोजिस्ट, आरुस लाइफस्टाइल अस्पताल
अल्ट्रासाउन्डलाई बोलीचालीको भाषामा भिडियो एक्सरे भन्ने चलन छ । तर यसमा न त भिडियो नै हुन्छ नत एक्सरे नै । यसमा भिडियोको लागि क्यामेरा पनि हुँदैन भने एक्सरे जस्तो शरीरभित्र विकिरण पनि पठाइँदैन्। त्यसैले यसको अन्ट्रासाउन्ड नै सही नाम हो । जसलाई छोटकरीमा ‘यूएसजी’ पनि भनिन्छ ।
अल्ट्रासाउन्ड शरीरभित्र भएका रोग पत्ता लगाउने एउटा सुरक्षित र धेरै नै प्रयोग हुने प्रविधि हो । जसमा हाइफ्रिक्वेन्सीको साउण्ड वेभको प्रयोग हुन्छ । अल्ट्रासउन्डका लागि प्रोब्सको माध्यमबाट साउन्ड वेभ ध्वनी शरीरभित्र पठाइन्छ र ती वेभ भित्री अंगमा गएर ठोक्किएर इको भएर पुन प्रोब्समै फर्किन्छ र मोनिटरमा इमेज देखापर्छ। सो इमेज मार्फत सो अंगमा समस्या भए नभएको पत्ता लाग्छ । अल्ट्रासाउन्ड बच्चाको ब्रेनदेखि पेटभित्रका लगभग सबै अंगहरुमा हुने समस्या पत्ता लगाउन प्रयोग गरिन्छ ।
भित्री अंगहरु जस्तै मिर्गौला, कलेजो, फोक्सो, पित्तथैली, मुटु, पिसाब थैली, घाँटीको ट्युमर, रक्त नलीहरु थाइराइड ग्रन्थीहरुको समस्या हेर्न अल्ट्रासाउन्डको प्रयोग गरिन्छ । यसैगरी अल्ट्रासाउन्ड मार्फत गर्भवती महिलाको पेटमा रहेको बच्चाको ब्रेन, आकारप्रकार ठीक भए नभएको पनि हेर्न सकिन्छ । खास गरी पेटको कुनै पनि अंगहरूमा समस्या छ भने त्यो पत्ता लगाउन सुरुमा गरिने भनेको अल्ट्रासाउण्ड नै हो ।
अल्ट्रासाउन्डलाई सुरक्षित विधि मानिने हुनाले पनि बच्चादेखि वृद्धसम्म यसको प्रयोग गर्न सकिन्छ । मेडिकल क्षेत्रका सबैजसो विधाहरुमा अल्ट्रासाउन्डको प्रयोग गरिन्छ । अल्ट्रासाउन्डका लागि कस्तो मेशिन प्रयोग गरिन्छ भन्नेमा पनि कत्ति सही समस्या पत्ता लाग्छ त्यसमा भर पर्छ । यसमा टुडी देखि फाइभ डीसम्मको प्रविधि प्रयोग हुन्छ । यसले अल्ट्रासाउन्ड गर्दा एक्ज्याक्ट कुराहरु पत्ता लगाउन सहयोग गर्छ । हामीले यहाँ विश्वमै अहिले चलेको हाइटेक फाइभडी सम्मको अल्ट्रासाउन्ड मेशिन प्रयोग गरिरहेका छौं । जसले गर्दा रिजल्ट निकै राम्रो आएर रोग पत्ता लगाएर उपचार सुरु गर्न मात्र होइन निको हुन पनि सहयोग गरिरहेको हुन्छ ।
(कन्सल्टेन्ट रेडियोलोजिस्ट डा अशिम शाक्य आरुस लाइफस्टाइल अस्पतालमा कार्यरत छन्।)
भिडियाे:
सम्पादक आचार्यलाई ‘रोटरी जर्नो अवार्ड’
अन्धोपन निवारणको क्षेत्रमा ऐतिहासिक कदम : स्वास्थ्य मन्त्रालय र नेत्रज्योति संघबिच समझदारी
यी रोग छन्, मासु कम खानुस्
नियमित खोप लगाउन छुटेका बालबालिकालाई आज खोप लगाइँदै
औषधि पनि हो ल्वाङ, यसरी लिनुस् फाइदा