यस वर्षको उत्कृष्ट स्वास्थ्य सेवा पुरस्कार डा प्रकाश क्षेत्रीलाई

हेल्थ टिभी अनलाइन \काठमाडौं : यस वर्षको उत्कृष्ट स्वास्थ्य सेवा पुरस्कार डा प्रकाश क्षेत्रीलाई प्रदान गरिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवा दिवसको अवसरमा पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका वरिष्ठ कन्सल्टेन्ट सर्जन डा क्षेत्रीलाई एक लाख राशीको उत्कृष्ट स्वास्थ्य क्षेत्र पुरस्कार प्रदान गरेको हो ।
डा क्षेत्रीले स्वास्थ्य क्षेत्रमा उल्लेखनीय योगदान पुराएको भन्दै मन्त्रालयले उनलाई पुरस्कृत गरेको हो।
दिवसको अवसरमा अन्य चार जना स्वास्थ्यकर्मीहरूलार्इ स्वास्थ्य सेवा पुरस्कार प्रदान गरिएको छ। पुरस्कार पाउनेहरुमा नारायणी अस्पताल विरगन्जकी स्टाफ नर्स अन्जना श्रेष्ठ, कोशी अस्पताल विराटनगरका जनस्वास्थ्य निरीक्षक गजेन्द्र प्रसाद यादव, आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका वरिष्ठ कन्सलटेन्ट डा मोनकर्ण थापा र उपचारात्मक महाशाखाकी डा पोमावती थापा छन्। उनीहरूलाई जनही ५० हजार रूपैयाँ र ताम्रपत्र पुरस्कार स्वरूप प्रदान गरिएको हो।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु