वार्षिकोत्सवको अवसरमा स्पार्क अस्पतालमा नि:शुल्क स्वास्थ्य शिविर

हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौंको कालिमाटीमा रहेको प्राकृतिक चिकित्साको अग्रणी अस्पताल बन्न सफल ‘स्पार्क हेल्थ होम अस्पताल’ ३१ औं वर्षमा प्रवेश गरेको छ । अस्पतालले वार्षिकोत्सवको अवसरमा बिहिबार हाडजोर्नी तथा नशा सम्बन्धी नि: शुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रमको आयोजना समेत गर्दैछ ।
३१ वर्ष अघि फागुण ११ गतेका दिन प्राकृतिक चिकित्साको उपचारका लागि स्पार्क अस्पतालको स्थापना भएको थियो । ३१ वर्षसम्म आइपुग्दा यस अस्पतालले थुप्रै सेवा सुविधाहरु थप गरेको अस्पतालका निर्देशक रुपेश अधिकारीले जनाएका छन्। प्राकृतिक चिकित्साको पुरानो अस्पताल भएकाले र गुणस्तरीय सेवाका कारण बिरामीको माया सधैं नै आफूहरुले पाएको र बिरामीको विश्वासका कारण यहाँसम्म आउन सकेको पनि अधिकारीले जिकीर गरे ।
वार्षिकोत्सव कार्यक्रममा कर्मचारीको कामको सम्मान गर्दै र उनीहरुलाई हौसला प्रदान गर्नका लागि हरेक वर्ष जस्तै यसपटक पनि वर्षको उत्कृष्ट कर्मचारी घोषणा गर्दै पुरस्कार प्रदान गर्ने कार्यक्रम समेत रहेको अधिकारीले जनाए ।
स्पार्कमा हाडजोर्नीको समस्या, नशा च्यापिएको, प्यारालाइसिस,हड्डी खिइएकोे, डिस्क प्रोल्याप्स, बाथ, यूरिक एसिड लगायतका उपचार हानीरहित विभिन्न थेरापी, मसाज तथा अन्य प्राकृतिक विधिमार्फत गरिन्छ ।
यस अस्पतालको सेवाबाट धेरै बिरामीले नयाँ जीवन पाउन सफल भएका छन्।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु