भारतले नेपाललाई दियो २ सय थान डायलाइसिस मेशिन

हेल्थ टिभी अनलाइन \काठमाडौं : भारतले नेपाललाई २ सय थान मिर्गौला डायलाइसिस मेसिन प्रदान गरेको छ । नेपाल र भारतको कुटनीतिक सम्बन्ध कायम भएको ७५ वर्ष पुगेको अवसर पारेर आयोजित कार्यक्रममा उक्त मेसिन नेपालका लागि भारतीय राजदुत श्री नविन श्रीवास्तवले स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीलाई हस्तान्तरण गरे ।
मन्त्री गिरीले धेरै मानिसले समयमै डायलाइसिस सेवा नपाइरहेको अवस्थामा भारत सरकारबाट प्राप्त २ सय थान डायलाइसिसले धेरै हदसम्म समस्या हटाउने बताए । ‘हामीले आवश्यक ठाउँमा यी मेसिनलाई पुर्याउन सकेमा डायलाइसिसका लागि समय पर्खिनु पर्ने समस्या हट्छ’, उनले भने, ‘भूकम्प र कोडिभ पछिको अवस्थामा भारत सरकारको सहयोग उल्लेखनीय छ । नेपालको स्वास्थ्य तथा पूर्वाधार विकासको क्षेत्रमा भारतले गरेको सहयोग स्मरणीय छ ।’
मन्त्री गिरीले नेपाल र भारतबीच सरकार–सरकारमा मात्र नभई जनतामाझ पनि सामाजिक र आर्थिक रुपले घनिष्ठ सम्बन्ध रहेको बताए ।
घट्दो जन्मदरको निर्धारक जीवनयापनका लागि बढ्दो खर्च : युएनएफपिए
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा