भारतले नेपाललाई दियो २ सय थान डायलाइसिस मेशिन
हेल्थ टिभी अनलाइन \काठमाडौं : भारतले नेपाललाई २ सय थान मिर्गौला डायलाइसिस मेसिन प्रदान गरेको छ । नेपाल र भारतको कुटनीतिक सम्बन्ध कायम भएको ७५ वर्ष पुगेको अवसर पारेर आयोजित कार्यक्रममा उक्त मेसिन नेपालका लागि भारतीय राजदुत श्री नविन श्रीवास्तवले स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीलाई हस्तान्तरण गरे ।
मन्त्री गिरीले धेरै मानिसले समयमै डायलाइसिस सेवा नपाइरहेको अवस्थामा भारत सरकारबाट प्राप्त २ सय थान डायलाइसिसले धेरै हदसम्म समस्या हटाउने बताए । ‘हामीले आवश्यक ठाउँमा यी मेसिनलाई पुर्याउन सकेमा डायलाइसिसका लागि समय पर्खिनु पर्ने समस्या हट्छ’, उनले भने, ‘भूकम्प र कोडिभ पछिको अवस्थामा भारत सरकारको सहयोग उल्लेखनीय छ । नेपालको स्वास्थ्य तथा पूर्वाधार विकासको क्षेत्रमा भारतले गरेको सहयोग स्मरणीय छ ।’
मन्त्री गिरीले नेपाल र भारतबीच सरकार–सरकारमा मात्र नभई जनतामाझ पनि सामाजिक र आर्थिक रुपले घनिष्ठ सम्बन्ध रहेको बताए ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण