बुढानीलकण्ठका १३ हजार बालबालिकाको परीक्षण गर्दा १५५ जनामा मुटुको समस्या

हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौंको बुढानीलकण्ठ नगरपालिकाका १३ हजार स्कुले बालबालिकाको मुटु परीक्षण गर्दा १५५ जनामा मुटुको समस्या देखिएको एक अध्ययनले देखाएको छ ।
सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रले एक वर्ष लगाएर गरेको एक अध्ययनका अनुसार बुढानीलकण्ठका ५ देखि १५ वर्ष उमेर समूहका स्कूले बालबालिकाको मुटु परीक्षण गरिएकोमा १५५ जनामा समस्या देखिएको केन्द्रका निर्देशक डा चन्द्रमणी अधिकारीले बताए । उनले तीमध्ये ९ जनामा बाथ मुटुरोग र १४६ जनामा जन्मजात मुटुरोग देखिएको पनि जानकारी दिए । उनले अब मुगु जिल्ला र धादिङ्गको धुनिवेसी गाविसमा पनि यस्तै अध्ययन गर्ने तयारी रहेको पनि जानकारी दिए । साथै अध्ययनका क्रममा समस्या देखिएका बालबालिकाको उपचार गंगालाल अस्स्पतालमा निशुल्क गरिने पनि उनले जिकीर गरे ।
बुढानीलकण्ठका १९ सरकारी विद्यालयका ३८२० र निजी विद्यालयका ९१८० जनामा स्क्रिनिङ गरिएको थियो । सोमबार जन्मजात मुटु रोग सचेतना सप्ताहको अवसरमा केन्द्रले आयोजना गरेको कार्यक्रममा उक्त रिपोर्ट सार्वजनिक गरिएको हो ।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु