Health TV Online
Health TV Online
Health TV Online

कोभिड विरुद्धको ३ लाख ४५ हजार डोज नयाँ खोप काठमाडौं आइपुग्यो

कोभिड विरुद्धको ३ लाख ४५ हजार डोज नयाँ खोप काठमाडौं आइपुग्यो

हेल्थ टिभी अनलाइन\ काठमाडौं : कोभिड विरुद्धको ३ लाख ४५ हजार ६०० डोज खोप आज काठमाडौं आइपुगेको छ ।

सोमबार बिहान कतार एअरलायन्स मार्फत फाइजरको नयाँ खोप काठमाडौं आइपुगेको हो । आज  भित्रिएको फाइजरको वाइभ्यालेन्ट नामक खोप हो जुन कोभिडको ओमिक्रोन भेरियन्ट विरुद्ध बढी प्रभावकारी मानिएको खोप हो ।

उक्त खोप कोभ्याक्स सुविधा अन्तर्गत आइपुगेको स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाले जनाएको छ ।

कोभ्याक्स सुविधा अन्तर्गत १५ लाख डोज प्राप्त हुनुपर्नेमा अहिले पहिलो चरणमा ३ लाख ४५ हजार ६०० डोज आइपुगेको छ भने अरु बाँकी खोप छिटै आइपुग्ने जनाइएको छ । विभागले प्रदेशको माग अनुसार उक्त खोप प्रदेशहरुमा पठाउनेछ ।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना