कोभिड विरुद्धको ३ लाख ४५ हजार डोज नयाँ खोप काठमाडौं आइपुग्यो
हेल्थ टिभी अनलाइन\ काठमाडौं : कोभिड विरुद्धको ३ लाख ४५ हजार ६०० डोज खोप आज काठमाडौं आइपुगेको छ ।
सोमबार बिहान कतार एअरलायन्स मार्फत फाइजरको नयाँ खोप काठमाडौं आइपुगेको हो । आज भित्रिएको फाइजरको वाइभ्यालेन्ट नामक खोप हो जुन कोभिडको ओमिक्रोन भेरियन्ट विरुद्ध बढी प्रभावकारी मानिएको खोप हो ।
उक्त खोप कोभ्याक्स सुविधा अन्तर्गत आइपुगेको स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाले जनाएको छ ।
कोभ्याक्स सुविधा अन्तर्गत १५ लाख डोज प्राप्त हुनुपर्नेमा अहिले पहिलो चरणमा ३ लाख ४५ हजार ६०० डोज आइपुगेको छ भने अरु बाँकी खोप छिटै आइपुग्ने जनाइएको छ । विभागले प्रदेशको माग अनुसार उक्त खोप प्रदेशहरुमा पठाउनेछ ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’