साइमनका अध्यक्ष मास्के र महासचिव काफ्ले भारतमा सम्मानित
हेल्थ टिभी अनलाइन \काठमाडौं : एशोसिएसन अफ फिजिसियन अफ इन्डियाको शैक्षिक गतिविधि हेर्ने निकाय द इन्डियन कलेज अफ फिजिसियन्सद्धारा नेपालका दुई वरिष्ठ चिकित्सक सम्मानित भएका छन्।
सोसाईटी अफ इन्टरनल मेडिसिन अफ नेपाल (साइमन) का अध्यक्ष डा अरुण मास्के र साइमनका महासचिव डा मुकुन्दप्रसाद काफ्लेलाई भारतको अहमदावादमा भएको द एशोसियसन अफ फिजिसियन्स अफ इन्डियाको ७८ औं राष्ट्रिय सम्मेलनमा सम्मान गरिएको हो । नेपालबाट पहिलोपटक यसरी फेलो अफ इन्डियन कलेज अफ फिजिसियन्स नामक सम्मानबाट नेपाली डाक्टरलाई सम्मान गरिएको हो ।
सो सम्मानका लागि केही एकेडेमिक रिसर्चदेखि यति वर्ष पढाएको हुनुपर्ने सम्मको मापदण्ड तय गरिएको थियो । सबै मापदण्ड पूरा भएपछि डा मास्के र डा काफेलेलाई उक्त सम्मान प्रदान गरिएको सम्मानित भएका डा काफ्लेले जानकारी दिए । उनले सम्मानपछि आफूहरुले त्यहाँ दुई छुट्टाछुट्टै विषयमा प्रस्तुती समेत दिएको जनाए ।
डा काफ्लेले द एशोसियसन अफ फिजिसियन्स अफ इन्डियासँग साइमनले नेपाली फिजिसियन डाक्टरहरुको क्यापासिटी बिल्डिङदेखि एकेडेमिक विभिन्न क्रियाकलापमा सहकार्य गरेर काम गरिरहेको समेत जिकीर गरे ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण