Health TV Online
Health TV Online
Health TV Online

क्यान्सर सर्भाइभरको उपचार अनुभव क्यानभासमा

क्यान्सर सर्भाइभरको उपचार अनुभव क्यानभासमा

हेल्थ टिभी अनलाइन \काठमाडौं : क्यान्सरबाट निको भएकाहरुको उपचार अनुभव यात्रा क्यानभासमा उतारिएको छ ।

विश्व क्यान्सर दिवसको अवसरमा शनिबार नेपाल क्यान्सर सपोर्ट ग्रुप र नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरद्धारा आयोजित कार्यक्रममा क्यान्सर सर्भाइभरको उपचार अनुभव क्यानभासमा उतारिएको हो । ३९ औं क्यान्सर सर्भाइभर मिटमा आर्टिस्ट जुगल राजभण्डारीले क्यान्सर सर्भाइभरको कथालाई क्यानभासमा उतारेका थिए । उक्त कार्यक्रममा क्यान्सर सर्भाइभर्स डली गुरुङ, रेजिना मुल्मी, सुस्मा महर्जन,बबी शाक्य, विद्या तुलाधर, संगिता थापाले आफनो क्यान्सर उपचार सुनाएका थिए ।

काठमाडौंको काठमाडौं गेस्ट हाउसमा भएको कार्यक्रममा स्टल समेत राखिएको थियो । उक्त कार्यक्रममा रोटरी क्लब अफ एल, सम्झना ल्याब्रोटरी, नेपाल क्यानसर सर्भाइभर सोसाइटी, उपचारका लागि सहयोगी हातहरु लगायतको साथ सहभागिता रहेको थियो ।

कार्यक्रममा आर्थिक अवस्था कमजोर भएका क्यान्सर बिरामीका लागि भन्दै क्यान्सरबाट बितेकी आफनी आमा रिना श्रेष्ठ राजभण्डारीको सम्झनामा छोरा विज्ञान राजभण्डारीले ६ लाख ५० हजार रुपैयाँ नगद र १२ लाख बराबरको इम्युनो थेरापी औाषधि उपचारका लागि सहयोगी हातहरु नामक संस्थामार्फत सहयोग गरेका थिए ।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना