Health TV Online
Health TV Online
Health TV Online

के हो डिमेन्सिया ? कसरी जोगिने ?

के हो डिमेन्सिया ? कसरी जोगिने ?

 हेल्थ टिभी अनलाइन : डिमेन्सियालाई बौद्धिकतामा कमी आउने अवस्था भनिन्छ। बिरामीको सम्झिने शक्तिमा ह्रास आउनु, बोलीमा परिवर्तन आई प्रष्टता नआउनु, बौद्धिक काम गर्न नसक्नु, व्यवहारमा परिवर्तन आउनु, घरबाट बाहिर भाग्नु र फर्केर आउन नसक्नु यसका प्रमुख लक्षण हुन्।

सामान्य काम अर्थात् खाना खान वा हिँडडुल गर्न प्रायः समस्या आएको हुँदैन तर बौद्धिकताको कमीले बिरामी कुनै पनि निर्णय लिन नसक्ने, घर व्यवहारको हिसाब गर्न नसक्ने अवस्थामा पुगेका हुन्छन्। यसकारण यी बिरामीहरूमा एकोहोरो हुँदै जाने, कम बोल्ने, सामान्य काममा गल्ती गर्ने र एउटै कुरा पटक पटक दाहोर्याइरहने लक्षणहरू देखिन्छन्।

कारण

अस्थायी कारण अर्थात् रिर्भसिबल। यसलाई ठीक पार्न सकिन्छ। स्थायी कारण अर्थात् इरिभर्सिबल। यसले मस्तिष्कको विभिन्न भागको कोशिकाहरू सुक्दै जान्छन्।

अस्थायी डिमेन्सिया भिटामिन बी १२ को कमी, अत्यधिक मदिरापान, एचआईभी संक्रमण र नर्मल प्रेसर हाइडोफेसेलस इत्यादिले हुन्छ।

स्थायी डिमेन्सियाका प्रकार

अल्जाइमर्स डिमेन्सिया

फ्रोन्टो टेमपोरल डिमेन्सिया

भास्कुलर डिमेन्सिया

पत्ता लगाउने तरिका

बिरामीको लक्षणहरूबाट पनि यो रोग पत्ता लगाउन सकिन्छ । यसैगरी चिकित्सकले जाँच गरिसकेपछि यो समस्या पत्ता लाग्छ। यसैगरी जटिल प्रकारको हो या होइन भन्ने कुरा मस्तिष्कको एमआरआई, ढाडको पानीको परीक्षण गरी पत्ता लगाइन्छ।

डा रागेश कर्णको ‘नशारोग सचेतना’ पुस्तिकाबाट।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना