पाकिस्तानमा प्रहरी लक्षित बम हमलामा ५९ जनाको मृत्यु

हेल्थ टिभी अनलाइन : पाकिस्तानको पेशावरस्थित एक मस्जिदमा प्रार्थना गरिरहेका प्रहरी लक्षित आत्मघाती बम विस्फोट हुँदा कम्तीमा ५९ जनाको मृत्यु भएको छ।
उक्त मस्जिद कडा सुरक्षा व्यवस्थापन भएको प्रहरी मुख्यालय क्षेत्र भित्र अवस्थित छ।आतङ्कवादीहरू पाकिस्तानको रक्षा गर्ने जिम्मेवारी भएकाहरूलाई हमला गरेर डर पैदा गर्न चाहन्छन्, प्रधानमन्त्री शहबाज शरिफले भने।
पाकिस्तानी तालिबानले आफ्नो एक कमान्डरको प्रारम्भिक दाबी पछि उक्त हमलामा आफ्नो संलग्नता अस्वीकार गरेको छ।
गत नोभेम्बरमा त्यस समूहले युद्ध विराम अन्त्य गरेसँगै हिंसा बढ्दै गएको छ।डिसेम्बरमा उसले देशको उत्तर(पश्चिममा रहेको प्रहरी चौकी लक्षित आक्रमण गरेको थियो जसमा ३३ जना आतङ्ककारी मारिएका थिए।
अस्पतालका प्रवक्ताले बीबीसीलाई बताए अनुसार अहिलेसम्म मृतकको सङ्ख्या ५९ पुगेको छ र १५७ जना मानिस घाइते भएका छन्।
पेशावरका प्रहरी प्रमुख मुहम्मद इजाज खानले घटना हुँदा त्यस क्षेत्रमा ३०० देखि ४०० प्रहरी अधिकारीहरू रहेको स्थानीय सञ्चारमाध्यमलाई बताए। घटना भएको मस्जिद सहरको सर्वाधिक नियन्त्रित क्षेत्रहरू मध्ये एक हो जहाँ प्रहरी मुख्यालय, जासुसी र आतङ्कवाद विरोधी निकायहरू रहेका छन्।
प्रधानमन्त्री शरिफले उक्त आक्रमणको ूइस्लाम धर्मसँग कुनै सम्बन्ध नभएकोू बताए। उनले भने,ूसम्पूर्ण राष्ट्र आतङ्कवादको त्रासविरुद्ध एकजुट भएर उभिएको छ।
अफगानिस्तानसँगको सीमा नजिकै रहेको उत्तर(पश्चिमी सहरमा दिउँसोको प्रार्थनाको समयमा करिब साढे एक बजे विस्फोट भएको थियो।
बीबीसीबाट
घट्दो जन्मदरको निर्धारक जीवनयापनका लागि बढ्दो खर्च : युएनएफपिए
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा