बाँकेमा दादुरा पुष्टि हुने बालबालिकाको संख्या ३०१ पुग्यो
हेल्थ टिभी अनलाइन \बाँके : बाँकेमा फैलिएको दादुरा संक्रमित बालबालिकाको संख्या ३०१ पुगेको छ । नेपालगंज उपमहानगरपालिकाबाट फैलिएको दादुरा आज राप्तीसोनारी गाउँपालिकामा पनि देखिएको छ ।
योसँगै बाँके जिल्लाका ६ वटा पालिकामा दादुरा पुष्टि भइसकेको छ । अब बैजनाथ र जानकी गाउँपालिकामा मात्र दादुरा देखिएको छैन् ।
स्वास्थ्य कार्यालय बाँकेका खोप फोकल पर्सन नरेश श्रेष्ठले आज राप्तिसोनारी गाउँपालिका वडा नं २ मा १५ महिनाकी बालिकामा दादुरा देखिएको जनाएका छन्। उनले आज पुष्टि भएकी बालिकासहित दादुरा पुष्टि हुनेको संख्या ३०१ पुगेको पनि जानकारी दिएका छन्।
पुस दोस्रो साता देखि सुरु भएको दादुराको महामारीबाट बाँकेमा एकजना बालकले ज्यान गुमाएका छन् । ३०१ मध्ये २९२ जना भने निको भइसकेका छन्।
दादुरा महामारी नियन्त्रणका लागि सरकारले खोप अभियान पनि चलाइरहेको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण