नर्सहरुको श्रम शोषण गर्ने अस्पताललाई कारवाही गर्छौ: स्वास्थ्यमन्त्री गिरी
हेल्थ टिभी अनलाइन \काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले नर्सहरुको श्रम शोषण गर्ने अस्पताल तथा स्वास्थ्य संस्थाहरुलाई कारवाही गर्ने जनाएका छन्। उनले नर्सको श्रम शोषण गरेको पाइएमा त्यस्ता अस्पतालको नवीकरण नगर्ने र खारेजसम्म गर्ने बताएका हुन्।
आइतबार नेपाल नर्सिङ संघको ६१ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै मन्त्री गिरीले निजी क्षेत्रमा नर्सको श्रम शोषण गरेको गुनासो आउने गरेको भन्दै त्यस्ता अस्पताललाई अब कारवाही गरिने जनाए । कार्यक्रममा मन्त्री गिरीले बिरामीको सेवामा २४ घण्टा खटिने नर्सहरुको सेवा–सुविधा वृद्धि गर्नका लागि आफूले भूमिका खेल्ने बताउँदै नर्र्स मैत्री नीति बनाउने समेत जिकीर गरे ।
नेपाल नर्सिङ संघकी अध्यक्ष मन कुमारी राईले नर्सिङ क्षेत्रमा धेरै नै सुधार गर्नुपर्ने भन्दै नेपलाी नर्सहरुको तलब निकै नै कम भएको गुनासो गरिन । उनले नर्सहरुले आफनो पढाई र योग्यता अनुसार तलब नपाएको जनाइन ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण