सुर्खेतमा पनि भेटिए दादुरा संक्रमित बालबालिका
हेल्थ टिभी अनलाइन \ सुर्खेत : बाँकेमा फैलिरहेको दादुरा सुर्खेतमा पनि देखिएको छ । सुर्खेतमा पाँच जना बालबालिकामा दादुरा संक्रमण पुष्टि भएको छ । तीन पालिकाका ५ जना बालबालिकामा दादुरा संक्रमण पुष्टि भएको हो ।
सुर्खेतको वीरेन्द्रनगरमा तीन, गुर्भाकोट र चिङ्गाड गाउँपालिकामा एक–एक जनामा दादुरा संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयका सूचना अधिकारी पदमबहादुर केसीले जानकारी दिएका छन्। बाँकेमा दादुरा फैलिरहेको बेला सुर्खेतमा पनि संक्रमण देखिन थालेकाले सतर्कता अपाउन उनले सबैलाई आग्रह गरेका छन्।
उनले दादुरासँग मिल्दो लक्षण देखिएमा तुरुन्त स्वास्थ्य संस्थामा सम्पर्क गर्न पनि आग्रह गरेका छन्।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’