सुर्तीजन्य पदार्थको बिक्री स्थलमा विज्ञापन गरेको पाइएमा कारवाही गरिने
हेल्थ टिभी अनलाइन \काठमाडौं : अबदेखि सुर्तीजन्य पदार्थको बिक्री स्थलमा विज्ञापन गरेको पाइएमा कारवाही गरिने भएको छ । राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा संचार केन्द्रले बुधबार एक सूचना जारी गर्दे सुर्तीजन्य पदार्थको बिक्री स्थलमा विज्ञापन गर्न नपाइने र गरेको पाइएमा कारवाही गरिने जनाएको हो ।
केन्द्रका निर्देशक सुनिलराज शर्माद्धारा सूचनामा भनिएको छ, ‘नेपालमा सुर्तीजन्य कम्पनीहरुले खुद्रा किराना पसल, होलसेल किराना पसल लगायत अन्य पसलहरुको बिक्री स्थलमा आफ्नो कम्पनीको नाम र दररेट सहितको मुल्यसूची राखेर विज्ञापन गरेको पाइएको र उक्त कार्य सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन २०६८, को दफा १० सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन निर्देशिका, २०७१ को दफा ४० र दफा ४१ तथा जनस्वास्थ्य ऐन २०७५ को दफा ४५ विपरीत भएकोले त्यस्ता विज्ञापन हुने गरी टाँस गरिएका चुरोट, विडी, गुट्का आदिका मूल्यसूचि उल्लेखित पोस्टर वा वालचार्ट टाँस हटाउने व्यवस्था गर्न र सोको अनुगमन गर्न हुन अनुरोध गरिन्छ ।
यदि टाँस गरेको पाईएमा सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन ऐन, २०६८ को दफा १७ र जनस्वास्थ्य ऐन २०७५ को दफा ५३ बमोजिम उक्त चुरोट कम्पनीलाई सजाय र जरिवाना गर्न सकिने व्यवस्था रहेको समेत जानकारीको लागि अनुरोध गरिन्छ ।’
नेपालमा सुर्ती कम्पनीहरुले विक्री स्थलमा विभिन्न खालका आकर्षक पोस्टर तथा दर रेट एवम एक किन्दा एक उपहार जस्ता अफरहरु राख्ने गरेका छन्। जुन कानून विपरित रहेको छ ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’