आज मन्त्रिमण्डल विस्तार हुँदै, स्वास्थ्य एमालेको भागमा

हेल्थ टिभी अनलाइन \काठमाडौं : नयाँ सरकारको मन्त्रिमण्डल आज विस्तार हुने भएको छ । सोमबार साँझ सत्ता गठबन्धनमा सहमति जुटेसँगै आज नयाँ मन्त्रीहरूको शपथ हुने भएको हो ।
सहमति अनुसार गठबन्धनको सबैभन्दा ठूलो दल एमालेले ८ वटा मन्त्रालय पाउने भएको छ । जसमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पनि रहेको छ ।
स्वास्थ्य मन्त्रालयमा राष्ट्रिय स्वतन्त्र पार्टीले रुचि देखाएको भए पनि अन्तिममा स्वास्थ्य एमालेको भागमा परेको हो । एमाले नेता पदम गिरीको स्वास्थ्य मन्त्रीमा चर्चा चलेको छ ।
आजै एक बजे नयाँ जिम्मेवारी पाउने मन्त्रीहरुको शपथ ग्रहण कार्यक्रम रहेको छ ।
घट्दो जन्मदरको निर्धारक जीवनयापनका लागि बढ्दो खर्च : युएनएफपिए
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा