पोखरामा दुर्घटनाग्रस्त यति विमानमा दुई डाक्टर पनि सवार
हेल्थ टिभी अनलाइन \काठमाडौं : पोखरामा आज दुर्घटनाग्रस्त यति एयरलायन्सको विमानमा दुई जना चिकित्सक पनि सवार रहेको पाइएको छ ।
राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत डा सुशील श्रेष्ठ र उनकी श्रीमती डा सोना दिवारक रहेको ट्रमा सेन्टरका पूर्वनिर्देशक डा सन्तोष पौडेलले पुष्टि गरेका छन्। उनीहरुसँगै १० महिनाको बच्चा पनि रहेको बुझिएको छ । डा श्रेष्ठ पोखरा निवासी हुन् ।
उनीहरुको अवस्थाको बारेमा भने अहिले सम्म जानकारी आउन सकेको छैन। आज बिहान काठमाडौंबाट पोखरा उडेको जहाज विमानस्थल नजिकै दुर्घटना भएको हो। यसमा चालक दलका सदस्यसहित ७२ जना सवार थिए ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण