६८ जना यात्रु बोकेको यतीको विमान पोखरामा दुर्घटनाग्रस्त
२ जना घाइतेलाई अस्पताल पुर्याइयो
हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौंबाट ६८ जना यात्रु र चालक दलका ४ जना सदस्य लिएर पोखराको लागि उडेको यती एयरलाइन्सको एटीआर जहाज पोखरामा दुर्घटनाग्रस्त भएको छ ।
जहाज क्याप्टेन कमल केसीले उडाएका थिए । पोखराको सेती खोचमा दुर्घटनाग्रस्त भएको जहाजमा आगो लागिरहेको छ भने आगो निभाउने प्रयास भइरहेको यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी गराएका छन्।
विमानबाट ३० जनाको शव निकालिसकिएको बताइएकाे छ भने २ जना घाइतेलाई अस्पताल लगिएको छ । दुर्घटनामा परेकाहरुको उद्धार कार्य अहिले जारी रहेको छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण