६८ जना यात्रु बोकेको यतीको विमान पोखरामा दुर्घटनाग्रस्त
२ जना घाइतेलाई अस्पताल पुर्याइयो
हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौंबाट ६८ जना यात्रु र चालक दलका ४ जना सदस्य लिएर पोखराको लागि उडेको यती एयरलाइन्सको एटीआर जहाज पोखरामा दुर्घटनाग्रस्त भएको छ ।
जहाज क्याप्टेन कमल केसीले उडाएका थिए । पोखराको सेती खोचमा दुर्घटनाग्रस्त भएको जहाजमा आगो लागिरहेको छ भने आगो निभाउने प्रयास भइरहेको यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी गराएका छन्।
विमानबाट ३० जनाको शव निकालिसकिएको बताइएकाे छ भने २ जना घाइतेलाई अस्पताल लगिएको छ । दुर्घटनामा परेकाहरुको उद्धार कार्य अहिले जारी रहेको छ।
गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रीमा सीता सुन्दास नियुक्त
मातृ तथा नवजात शिशु मृत्युदर घटाउन मिडवाइफको भूमिका महत्वपूर्ण
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल