Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

नेपाल क्यान्सर अस्पतालद्धारा क्यान्सर सम्बन्धी ‘सीएमई’ कार्यक्रमको आयोजना

नेपाल क्यान्सर अस्पतालद्धारा क्यान्सर सम्बन्धी ‘सीएमई’ कार्यक्रमको आयोजना

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टरले लुम्बिनीको भैरहवामा क्यान्सर सम्बन्धी ‘सीएमई’ कार्यक्रमकाे आयोजना गरेको छ ।

उक्त कार्यक्रममा नेपालका २५० देखि ३ सयको हाराहारीमा विशेषज्ञ डाक्टरहरुको उपस्थिती रहने अस्पतालले जनाएको छ ।

‘स्ट्यान्डर्ड क्यान्सर केयर : अ रियालिटी इन नेपाल’ नामक सीएमई कार्यक्रममा अस्पतालका अध्यक्ष एवम वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा सुदिप श्रेष्ठ, अस्पतालका मेडिकल निर्देशक डा बिजेसराज घिमिरे, डा कपेन्द्र शेखर अमात्य, डा अन्जु श्रेष्ठ, नविन काजी बज्राचार्य, डा अम्रित कोइराला, डा प्रभातचन्द्र ठाकुर लगायतको क्यान्सरका विभिन्न विषयमा प्रस्तुती रहनेछ ।

उक्त कार्यक्रमको सहयोगीको रुपमा नेपाल क्यान्सर सपोर्ट ग्रुप र एशियन फर्मासिटिकल्स प्रालि रहेको छ ।

सीएमई कार्यक्रममा नेपालमा क्यान्सर रोग र यसको उपचारमा भएका विविध पक्षकोबारेमा छलफल हुनेछ । यसका साथै शुक्रबार भैरहवामा क्यान्सरसम्बन्धी जनचेतनामूलक कार्यक्रम समेत हुने जनाइएको छ ।

 

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि