शहीद धर्मभक्त प्रत्यारोपण केन्द्रमा एक हजार जनाको मिर्गौला प्रत्यारोपण
हेल्थ टिभी अनलाइन \काठमाडौं : शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा एक हजार जनाको मिर्गौला प्रत्यारोपण गरिएको छ । केन्द्रले स्थापना भएको १० वर्षमा यो संख्यामा मिर्गौला प्रत्यारोपण गरेको जनाएको छ ।
प्रत्यारोपण विज्ञ डा पुकार चन्द्र श्रेष्ठको नेतृत्वमा रहेको प्रत्यारोपण टोलीले वर्षको २ सय हाराहारीको मिर्गौला प्रत्यारोपण गर्दै आएको छ । केन्द्रले बुधबारसम्म एक हजार जनाको सफल मिर्गौला प्रत्यारोपण गरेकोमा एक कार्यक्रम गरी खुशी साटासाट गरेको हो ।
डा श्रेष्ठको नेतृत्वमा हालसम्म शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, वीर अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र अन्य अस्पतालमा गरी १ हजार ४८जना बिरामीको प्रत्यारोपण भएको छ ।
आज विश्व रेडक्रस दिवस मनाइँदै
गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रीमा सीता सुन्दास नियुक्त
मातृ तथा नवजात शिशु मृत्युदर घटाउन मिडवाइफको भूमिका महत्वपूर्ण
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र