शहीद धर्मभक्त प्रत्यारोपण केन्द्रमा एक हजार जनाको मिर्गौला प्रत्यारोपण
हेल्थ टिभी अनलाइन \काठमाडौं : शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा एक हजार जनाको मिर्गौला प्रत्यारोपण गरिएको छ । केन्द्रले स्थापना भएको १० वर्षमा यो संख्यामा मिर्गौला प्रत्यारोपण गरेको जनाएको छ ।
प्रत्यारोपण विज्ञ डा पुकार चन्द्र श्रेष्ठको नेतृत्वमा रहेको प्रत्यारोपण टोलीले वर्षको २ सय हाराहारीको मिर्गौला प्रत्यारोपण गर्दै आएको छ । केन्द्रले बुधबारसम्म एक हजार जनाको सफल मिर्गौला प्रत्यारोपण गरेकोमा एक कार्यक्रम गरी खुशी साटासाट गरेको हो ।
डा श्रेष्ठको नेतृत्वमा हालसम्म शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, वीर अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र अन्य अस्पतालमा गरी १ हजार ४८जना बिरामीको प्रत्यारोपण भएको छ ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’