बाँकेमा दादुरा संक्रमितको संख्या ११५ पुग्यो, ६ दिनमा ७ हजार बढीले लगाए खोप
हेल्थ टिभी अनलाइन \बाँके : बाँकेमा दादुरा संक्रमित बालबालिकाको संख्या ११५ पुगेको छ । यो संख्या बुधबार ५ बजेसम्मको हो ।
दादुरा रोकथामका लागि त्यहाँ पुस २२ गतेदेखि दादुरा रुबेला विरुद्धको खोप अभियान सञ्चालन गरिएको छ। सो अभियानमा बुधबारसम्म ७ हजार १६३ जनाले खोप लिएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । जिल्लामा ७ हजार डोज दादुरा रुबेला खोप स्टक रहेको र आज ३०,००० मात्रा थप खोप प्रदेश स्वास्थ्य आपुर्ती ब्यबस्थापन केन्द्र मार्फत प्राप्त हुने पनि जनाइएको छ ।
नेपालगञ्ज यही पुस १२ गतेदेखि दादुरा फैलिएको थियो । जसबाट एक जनाको मृत्यु समेत भएको छ ।
नेपालगञ्ज उपमहानगरपालिकाका वडा नम्बर–१, ३, ५, ७, ८, ९, १०, ११, १४, १५, १६ र २२ मा गरी १२ वटा वडाका ११३ जनामा संक्रमण देखिएको छ । यसैगरी खजुरा गाउँपालिकामा २ जनामा दादुरा पुष्टि भएसँगै कुल संक्रमितको संख्या ११५ भएको हो ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण