बाँकेमा दादुरा संक्रमितको संख्या ११५ पुग्यो, ६ दिनमा ७ हजार बढीले लगाए खोप
हेल्थ टिभी अनलाइन \बाँके : बाँकेमा दादुरा संक्रमित बालबालिकाको संख्या ११५ पुगेको छ । यो संख्या बुधबार ५ बजेसम्मको हो ।
दादुरा रोकथामका लागि त्यहाँ पुस २२ गतेदेखि दादुरा रुबेला विरुद्धको खोप अभियान सञ्चालन गरिएको छ। सो अभियानमा बुधबारसम्म ७ हजार १६३ जनाले खोप लिएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । जिल्लामा ७ हजार डोज दादुरा रुबेला खोप स्टक रहेको र आज ३०,००० मात्रा थप खोप प्रदेश स्वास्थ्य आपुर्ती ब्यबस्थापन केन्द्र मार्फत प्राप्त हुने पनि जनाइएको छ ।
नेपालगञ्ज यही पुस १२ गतेदेखि दादुरा फैलिएको थियो । जसबाट एक जनाको मृत्यु समेत भएको छ ।
नेपालगञ्ज उपमहानगरपालिकाका वडा नम्बर–१, ३, ५, ७, ८, ९, १०, ११, १४, १५, १६ र २२ मा गरी १२ वटा वडाका ११३ जनामा संक्रमण देखिएको छ । यसैगरी खजुरा गाउँपालिकामा २ जनामा दादुरा पुष्टि भएसँगै कुल संक्रमितको संख्या ११५ भएको हो ।
दीर्घ जीवनका लागि रिस त्याग्नुहोस्, शान्त रहनुहोस
बसाइ नमिल्दा ढाड दुख्ने समस्या !
काठमाडौंमा १७ जना औंलोको बिरामी, सबै आयातित
स्वास्थ्य मन्त्रालयले भन्यो, सरकारी अस्पतालमा काम गर्ने अनि निजीको विज्ञापन गर्न कहाँ पाइन्छ ?
गर्मीमा तातो हावा ‘लू’ बाट कसरी जोगिने ?