दादुरा महामारी : संक्रमण पुष्टि हुने बालबालिकाको संख्या ९२ पुग्यो
हेल्थ टिभी अनलाइन \बाँके : बाँकेको नेपालगञ्जमा दादुराका बिरामीको संख्या बढ्ने क्रम जारी रहेको छ । सोमबार ५ बजेसम्म दादुरा पुष्टि हुने बालबालिकाको संख्या ९२ जना पुगेको बाँकेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
नेपालगंज उपमहानगरपालिकामा ९० र खजुरा गाउँपालिकामा २ जना दादुराका बिरामी भेटिएका हुन् । दुई साताको अवधिमा नै ९२ जना बिरामी भेटिएका हुन् । सोमबार मात्रै १४ जना बिरामी थपिएको स्वास्थ्य कार्यालयले जनाएको छ । हालसम्म एक जना दादुरा संक्रमित बालकको मृत्यु समेत भइसकेको छ ।
परिवार कल्याण महाशाखा अन्तर्गतको बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख सागर दाहालका अनुसार बाँकेमा दादुरा पुष्टि हुनेमध्ये अधिकांस दादुरा विरुद्धको खोप नलिएका छन्।
दादुरा आउटब्रेक भएपछि त्यहाँ खोप अभियान समेत सञ्चालन भइरहेको छ । खोप अभियनामा २ हजारभन्दा बढी बालबालिकालाई दादुरा खोप दिइ सकिएको जनाइएको छ । यसैगरी दादुरा नियन्त्रणका लागि खोप अनिवार्य भएकाले सबै बालबालिकालाई अनिवार्य खोप लगाउन ल्याउन अभिभावकलाई आग्रह गरिएको छ ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’