सप्तरीमा क्यान्सर सम्बन्धी नि:शुल्क शिविर सम्पन्न
हेल्थ टिभी अनलाइन \काठमाडौं : सप्तरीका दुई छुट्टा छुट्टै स्थानमा बृहद क्यान्सर सम्बन्धी नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
नेपाल क्यान्सर हस्पिटल तथा रिसर्च सेन्टर, रोटरी क्लब अफ एल, उपचारका लागि सहयोगी हातहरु, नेपाल क्यान्सर सहयोग समूहको सहयोगमा उक्त शिविर सम्पन्न गरिएको हो । सप्तरीको कन्चनपुरमा भएको शिविरमा ४३५ जनाले स्वास्थ्य सेवा लिएका थिए । यसैगरी १७१ जना महिलाले प्याप स्मेयर गरेका थिए भने १९० जनाले स्तन जाँच गराएका थिए । यसैगरी सुरुगांमा गरिएको शिविरमा २०५ जनाले स्वास्थ्य सेवा लिएका थिए । यसैगरी १२८ जनाले प्याप स्मेयर र १३५ जनाले स्तन जाँच गराएका थिए ।
शिविरमा निशुल्क पाठेघरको जाँच, स्तार क्यान्सरको जाँच, प्रयोगशाला सेवा साथै औषधी समेत निशुल्क वितरण गरिएको थियो । शिविरमा नेपाल क्यान्सर हस्पिटल तथा रिसर्च सेन्टरका अध्यक्ष एवम वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा सुदिप श्रेष्ठले क्यान्सर रोग र यसबाट बच्नका लागि अपनाउनुपर्ने उपायकाबारेमा जानकारी गराएका थिए ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण