बालबालिकालाई दादुरा खोप किन लगाउने ?
हेल्थ टिभी अनलाइन \काठमाडौं : दादुरा अति छिटो सर्ने एक संक्रामक रोग हो । यसले धेरैजसो ५ वर्ष मूनिका बालबालिकालाई बढी प्रभावित पार्छ र छिटो एकबाट अर्कोमा सर्ने गर्छ । दादुरा लागेपछि उच्च ज्वरो आउने, निमोनिया हुने, झाडापखाला लाग्ने, जलवियोजन हुने, कुपोषण हुने जस्ता कारणले बिरामीको मृत्यु सुमेत हुने गर्छ ।
यति बेला बाँकेको नेपालगंजमा दादुराले महामारीकै रुप लिएको छ । आइतबारसम्म बाँकेमा ७८ जना बालबालिकाका दादुरा पुष्टि भइसकको छ भने ए जनाको मृत्यु भएको छ । दादुरा आउटब्रेक भएपछि नेपालगंजमा अतिरिक्त दादृुरा खोप दिन थालिएको छ । अति नै संक्रामक रोग भएकाले यसको संक्रमण धेरै नफैलियोस भनेर प्रभावित वडाका बालबालिकालाई अतिरिक्त दादुरा खोप दिन थालिएको नेपालगंज उप महानगरले जनाएको छ ।
अहिले नेपालगंजमा दादुरा पुष्टि भएका अधिकांस बालबालिका दादुरा विरुद्धको खोप नलगाएका भएको समेत उपमहानगरले जनाएको छ । दादुरा रोगबाट बच्नका लागि एक मात्र उपाय भएकाले यस विरुद्धको खोप आफना बालबालिकालाई लगाउन सहयोग गर्न स्वास्थ्य कार्यालय बाँकेले सबैलाई अपिल समेत गरेको छ ।
बालबालिकाको जीवन रक्षा गर्ने भएकाले यस खोप अनिवार्य लगाउन सबैलाई आग्रह पनि गरिएको छ । यो रोगबाट बचाउन नियमित खोप मार्फत बालबालिकालाई ९ र १५ महिनाको उमेरमा दादुरा–रुबेला खोपको दुई मात्रा लगाउनु पर्दछ ।
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने
न्युरोसाइन्स सम्बन्धी १४ दिने अन्तराष्ट्रिय वर्कशप काठमाडौंमा
कान्ति बाल अस्पतालले माग्यो ठूलो संख्यामा चिकित्सक तथा नर्स
जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिकलाई काठमाडौं महानगरले नि:शुल्क उपचार दिने