दादुरा-रुबेला खोपको कभरेज बढाउन धर्मगुरुहरुसँग छलफल
हेल्थ टिभी अनलाइन \काठमाडौं : बाँकेको नेपालगंजमा दादुरा रुबेलाले महामारीकै रुप लिन थालेपछि सरकारले यस विरुद्धको खोपको कभरेज बढाउन विभिन्न सरोकारवालाहरुसँग छलफल र अन्तक्रिया गर्न थालेको छ ।
आइतबार बाँके युनेस्को क्लबको आयोजनामा स्वास्थ्य कार्यालय र नेपालगञ्ज उपमहानगर पालिकाको सहजीकरणमा दादुरा महामारी नियन्त्रण र ६ महिना देखि १५ बर्ष सम्मका बालबालिकाहरुमा दादुरा रुबेला खोपको कभरेज बढाउन धर्मगुरुहरू मौलाना , मदरासा गुरु सँग छलफल तथा अभिमुखिकरण कार्यक्रम गरिएको छ ।
बाँकेमा दादुराको महामारी नियन्त्रणमा लिन प्रभावित वडाहरुमा दादुरा विरुद्धको खोप अभियान पनि संचालन भइरहेको छ । शनिबारसम्म बाँकेमा ६४ जना बालबालिकामा दादुरा पुष्टि भएको छ भने एक जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’