सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा रेडियोथेरापी सेवा सुरु हुँदै
हेल्थ टिभी अनलाइन \काठमाडौं : बाँकेको खजुरामा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा लिन्याक मेसिन आएसँर्गै रेडियोथेरापी सेवा सुरु हुने भएको छ। अस्पतालका कार्यकारी निर्देशक डा निरज भट्टराईले प्रखर क्यान्सर अस्पतालमा बहुप्रतिक्षित लिन्याक मेसिन आइपुगेको र अब क्यान्सरमा प्रयोग हुने रेडियोथेरापी सेवा सुरु हुने जनाए ।
उनले यो सेवा सुरु भएसँगै अब क्यान्सरको सबै उपचार खजुरामा सम्भव हुने समेत जिकीर गरेका छन्। यसभन्दा अघि यो रेडियोथेरापी मेशिन नहुँदा क्यान्सरका बिरामीलाई अन्यत्र जानुपर्ने बाध्यता थियो । अब रेडियसन दिन आवश्यक पर्ने बिरामीले पनि यहीं सेवा पाउने भएका हुन ।
योसँगै खजुरामै क्यान्सरको मुख्य तीन उपचार विधि शल्यक्रिया, किमोथेरापी र रेडियोथेरापी सम्भव हुने भएको छ ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’