खड्गी इन्स्टिच्युटमा ३१ जना बिरामीको नि:शुल्क शल्यक्रिया
हेल्थ टिभी अनलाइन \काठमाडौं : ललितपुरको कुपन्डोलमा रहेको खड्गी इन्स्टिच्युट अफ इन्डोयुरोलोजीले मिर्गौला पत्थरी र प्रोस्टेटको समस्या भएका ३१ जना विपन्न बिरामीको निशुल्क शल्यक्रिया गरेको छ ।
इन्स्टिच्युटले आरुस लाइफस्टाइल अस्पताल तथा रेड क्रसन्ट सोसाइटी अफ कुवेत (Red Crescent Society of Kuwait) सँगको सहकार्यमा मिर्गौला पत्थरी तथा प्रोस्टेट ग्रन्थीका बिरामीका लागि तीन दिने नि:शुल्क शल्यक्रिया शिविर सम्पन्न गरेको हो ।
सो शिविरबाट २५ जना मिर्गौलामा पत्थरी भएका र ६ जना प्रोस्टेटको समस्या भएका विपन्न बिरामीको नि:शुल्क शल्यक्रिया गरिएको इन्स्टिच्युटका मेडिकल डाइरेक्टर डा सन्जय खड्गीले जानकारी दिए । उनले आर्थिक अवस्था कमजोर भएर समस्या भए पनि समयमा शल्यक्रिया गर्न नसकेका विपन्न बिरामीको खोजी गरेर उनीहरुलाई नि:शुल्क शल्यक्रिया सेवा दिएको जनाए ।
खड्गी इन्स्टिच्युटले आफनो स्थापना कालदेखि नै विपन्न वर्गका बिरामीका लागि नि: शुल्क शल्यक्रिया गर्दै आएको छ भने हरेक दिन ४ जना विपन्न बिरामीको अत्यन्त कम शुल्कमा शल्यक्रिया गर्दै आएको । यही पुस १४, १५ र १६ गते नि: शुल्क शल्यक्रिया शिविरको आयोजना गरेको थियो । सो शिविरमा २५ वर्षदेखि ८१ वर्ष सम्मका बिरामीले सेवा लिएका थिए । सो शिविरबाट सेवा लिएका बिरामीले आफूहरुले शल्यक्रिया मात्र नभएर औषधि समेत नि: शुल्क पाएको भन्दै चिकित्सक तथा इन्स्टिच्युटलाई धन्यवाद दिएका थिए ।

शिविरमा आएका बिरामीको शल्यक्रिया मात्र नभई उनीहरुलाई लाग्ने औषधि तथा बेड चार्ज समेत नि: शुल्क गरिएको थियो। साथै फलोअप जाँच समेत नि: शुल्क हुने डा खड्गीले बताए । पत्थरी शल्यक्रियामा मिनि पीसीएनएल विधि र प्रोस्टेट प्रन्थीका लागि बाइपोलार टर्भ विधिबाट बिरामीमा ठूलो चिरफार नगरी शल्यक्रिया गरिएको थियो ।
डा खड्गीले आगामी दिनमा पनि यस्तो खालका विपन्न बिरामीलाई लक्षित गर्दै नि:शुल्क शल्यक्रिया शिविरको आयोजना गरिने बताए ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’