ह्याम्स अस्पतालले गर्यो ५ सय बढी बिरामीको मुटुको चालसम्बन्धी सफल उपचार
हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौंको धुम्बाराहीमा रहेको ह्यम्स अस्पतालमा ५ सय भन्दा बढी बिरामीको मुटुको चाल गडबडी सम्बन्धी रोगको (ईलेक्ट्रोफिजियोलोजिकल र पेसमेकर) द्वारा सफल उपचार गरिएको छ।
५ सय भन्दा बढी बिरामीको मुटुको गडबडी सम्बन्धी सफल उपचार गरेको उपलक्ष्यमा शुक्रबार अस्पताललमा आयोजित कार्यक्रममा अस्पतालका अध्यक्ष रामशरण भण्डारीले ह्याम्स अस्पतालले छोटो समयमा नै ठूलो संख्यामा धेरै मुटुका चाल गडबडी भएका बिरामीको सेवा गर्न पाएकोमा खुशी व्यक्त गर्दै कार्डियो विभागका विशेषज्ञ चिकित्सकलाई धन्यवाद दिए । उनले विज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मी एवम कर्मचारीको अथक प्रयासबाट यो उत्कृष्ट सेवा दिन सकिएको समेत जिकीर गरे ।
यसैगरी कार्यक्रममा अस्पतालका मुटुको चाल गडबडी सम्बन्धी विशेषज्ञ डा रोशन राउतले मुटुको चाल गडबडी सम्बन्धी समस्या भएका बिरामीका लागि सम्पूर्ण उपचार यहीं गर्न सकिने भन्दै छोटो समयमा नै ५ सय भन्दा बढीको उपचार गरिएको बताए ।
कार्यक्रममा बोल्दै अस्पतालका निर्देशक डा ज्योतिन्द्र शर्माले उत्कृट टिम, उच्चस्तरीय प्रविधि तथा सर्वसुलभ उपचार खर्चका कारण पनि ह्याम्समा मुटुको सफल उपचार गर्ने बिरामीको संख्या बढेको बताए ।
कार्यक्रममा ५ सय बढीको मुटुको चालसम्बन्धी सफल उपचार भएको उपलक्ष्यमा केक काटेर खुशीयाली मनाइएको थियो ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’