महिला पत्रकारका लागि निःशुल्क क्यान्सर स्क्रिनिङ कार्यक्रम
हेल्थ टिभी अनलाइन \काठमाडौं : महिला पत्रकारहरुका लागि ललितपुरको हरिसिद्धीमा रहेको नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरले क्यान्सर सचेतना कार्यक्रम तथा निःशुल्क क्यान्सर स्क्रिनिङ कार्यक्रम आयोजना गर्ने भएको छ ।
समृद्धि फाउण्डेसन नेपालसँगको सहकार्यमा अस्पतालले यही पुस १५ गते शुक्रवार अस्पताल परिसरमा क्यान्सर सचेतना कार्यक्रम तथा क्यान्सर स्क्रिनिङ कार्यक्रम गर्न लागेको हो । फुजिमा ओयल कम्पनी लिमिटेडको सहयोगमा आयोजना गर्न लागिएको उक्त कार्यक्रममा महिला पत्रकारहरुले स्तन क्यान्सर भए नभएको पत्ता लगाउने मेमोग्राफी र पाठेघरको क्यान्सर पत्ता लगाउने प्याप्प स्मेयर टेस्ट गर्न पाउने छन् ।
साथै यसबाट बच्न के गर्ने भन्ने विषयमा विज्ञ चिकित्सकबाट प्रस्तुती समेत रहने अस्पतालका अध्यक्ष डा सुदीप श्रेष्ठले जनाएका छन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण