भरतपुर अस्पताल विकास समितिको अध्यक्षमा राजु पौडेल
हेल्थ टिभी अनलाइन\ काठमाडौं : सरकारले चितवनस्थित भरतपुर अस्पताल बिकास समितिको अध्यक्षमा राजु पौडेललाई नियुक्त गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पौष ८ गते मन्त्री स्तरीय निर्णय गर्दै अस्पतालको अध्यक्षमा डा पौडेललाई मनोनयन गर्ने निर्णय गरेको हो ।
भरतपुर विकास समिति गठन आदेश २०७६ संशोधित को दफा ३ को उपदफा २ क र स्वास्थ्य मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ती र मनोनयन सम्बन्धी मापदण्ड २०७३ बमोजिम ३ वर्षका लागि पौडेललाई अध्यक्ष पदमा मनोनयन गरिएको हो ।
नवनियुक्त अध्यक्ष पौडेलले आफ्नो ३ वर्षे कार्यकालमा अस्पतालको सुधार र विकासमा लाग्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण