हाललाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पनि प्रधानमन्त्रीलाई नै
हेल्थ टिभी अनलाइन \काठमाडौं : नयाँ सरकार गठन भए पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे भने अझै कसलाई जिम्मेवारी दिने भन्ने टुंगो लागेको छैन्। जसले गर्दा अहिलेलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी पनि नव नियुक्त प्रधानमन्त्री पुष्पकमल दाहालले नै राखेका छन्।
मन्त्रालयका विषयमा सत्ता साझेदार दलहरुसँग छलफल बाँकी रहेकाले हाललाई स्वास्थ्य मन्त्रायलको जिम्मेवारी प्रधानमन्त्री दाहालले नै राखेका हुन्। आज राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री पुष्पकमल दाहाल, उपप्रधान एवम अर्थ मन्त्री विष्णु पौडेल, उपप्रधान एवम भौतिक पूर्वाधार मन्त्री नारायणकाजी श्रेष्ठ र उपप्रधान एवम गृह मन्त्री रबि लामिछानेलाई सपथ ग्रहण गराएकी छन् ।
यसैगरी विना विभागीय मन्त्रीहरु दामोदर भण्डारी, ज्वाला साह, अब्दुल खान र राजेन्द्रकुमार राईले पनि शपथ लिएका छन्।
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने
न्युरोसाइन्स सम्बन्धी १४ दिने अन्तराष्ट्रिय वर्कशप काठमाडौंमा
कान्ति बाल अस्पतालले माग्यो ठूलो संख्यामा चिकित्सक तथा नर्स
जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिकलाई काठमाडौं महानगरले नि:शुल्क उपचार दिने