थप २ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमित ११ जना
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ११ सय ५२ जनाको नमुना परीक्षण गरिएकोमा २ जनामा कोरोना पुष्टि भएको हो । यसैगरी आज २ जना नै संक्रमणमुक्त भएका छन्। अहिले देशभर ११ जना मात्र सक्रिय संक्रमित रहेका छन्।
नेपालमा कोरोना संक्रमण कम भएको भए पनि चीन लगायतका केही देशमा फरक स्वरुपमा कोरोना संक्रमण फैलिरहेको छ । खुला सिमाना र मानिसहरुको आवतजावतका कारण संक्रमण फेरि फैलिन सक्ने भन्दै सरकारले सतर्कता अपनाउन आग्रह गरेको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण