कोरोनाको नयाँ भेरियन्ट बि एफ ७ नेपालमा हालसम्म पुष्टि भएको छैन् : स्वास्थ्य मन्त्रालय
जोखिम उच्च भएकाले सतर्कता अपनाउन भने आग्रह
हेल्थ टिभी अनलाइन \काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा हालसम्म कोभिड १९ को नयाँ भेरियन्ट बि एफ ७ हालसम्म पुष्टि नभएको जनाएको छ।
मन्त्रालयले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै छिमेकी देशहरुमा तीब्र गतिमा फैलिरहेको कोरोनाको नयाँ भेरियन्ट बि एफ७ हालसम्म नेपालमा पुष्टि नभएको जनाएको हो। खुला सिमाना भएकाले मानिसहरुको आवतजावतका कारण कोरोनाको नयाँ भेरियन्ट फैलिने जोखिम रहेको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।
मन्त्रालयले कोरोनाबाट बच्न अपनाउनुपर्ने जनस्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्न पनि आग्रह गरेको छ । यसैगरी नजिकै आएको क्रिसमस तथा अग्रेजी नयाँ वर्ष मनाउँदा बढी भिडभाड नगर्न र दूरी कायम गर्दै मास्कको प्रयोग गर्न पनि मन्त्रालयलेआग्रह गरेको छ ।
कोरोनाको नयाँ भेरियन्ट बी एफ ७ ले चीन लगायतका केही देशहरुमा संक्रमण फैलाइरहेको छ ।
मातृ तथा नवजात शिशु मृत्युदर घटाउन मिडवाइफको भूमिका महत्वपूर्ण
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो