फरक स्वरुपमा देखिन थाल्यो कोरोना, सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह
हेल्थ टिभी अनलाइन \काठमाडौं : सरकारले कोरोना संक्रमण फरक स्वरुपमा देखिन थालेको भन्दै सतर्कता अपनाउन आग्रह गरेकोछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै केही देशहरुमा कोरोना भाइरस फरक स्वरुपमा देखिन थालेको भन्दै नेपालमा पनि विशेष सावधानी अपनाउनपर्ने जनाएको हो । मन्त्रालयले नेपाल भित्रिने नाकाका हेल्थ डेस्क तथा स्वास्थ्य संस्थाले आवश्यक तयारी गर्दै स्क्रिनिङ तथा जाँचलाई बढाउन पर्नेमा जोड दिएको छ ।
मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘केही देशहरुमा नयाँ भेरियन्ट फैलिदै गरेको अवस्थामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निगरानी बढाउने एवं सम्बन्धित देशहरुसँग समन्वय गर्ने कार्य गरिरहेको छ।’ पछिल्लो समय छिमेकी मुलुकहरुमा पुष्टि भएको बि एफ ७ भेरियन्टको कोरोना भाइरस भने हालसम्म नेपालमा पुष्टि नभएको पनि मन्त्रालयले जनाएको छ।
यसैगरी कोरोनाको जोखिमबाट बच्न मास्कको अनिवार्य प्रयोग, भौतिक दूरी कायम गर्ने तथा सेनिटाइजरको प्रयोग अनिवार्य गर्न मन्त्रालयले सबैलाई आग्रह गरेको छ ।
चीन लगायतका केही देशमा कोरोनाको नयाँ स्वरुप फेला मात्र परेको छैन् संक्रमण तीब्र गतिमा फैलिरहेको छ ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’