ईशान बाल अस्पतालको २७ औं वार्षिक साधारण सभा सम्पन्न
हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौंको बसुन्धरामा रहेको ईशान बाल तथा महिला अस्पतालको २७ औं साधारणसभा सम्पन्न भएको छ । बालबालिकाको क्षेत्रमा नीजि क्षेत्रको उत्कृष्ट अस्पतालको रुपमा परिचित ईशान बाल अस्पतालले शनिबार आफनो २७ औं साधारणसभा सम्पन्न गरेको हो ।
विस २०५२ सालमा कृष्णाष्टमीका दिन १५ बेडबाट सुरु भएको यस अस्पतालले अहिले आफनो सेवा र क्षेत्र विस्तार गर्दै एक सय बेडको सुविधासम्पन्न अस्पताल बनाउन सफल भएको अस्पतालका निर्देशक प्राडा रामनन्दन प्रसाद चौधरीले बताए ।
उनले अहिले आफ्नो अस्पताल आफनै सुविधा सम्पन्न अस्पतालमा सरेर समय सापेक्ष सुविधाहरु तथा क्षमता वृद्धि गर्दै बालरोग, बाल सर्जरी, बाल युरोलोजी, बाल कार्डियोलोजी, बाल नेफ्रोलाजी लगायत महिला तथा वयस्कका अन्य विशेषज्ञ सेवाहरु विस्तार गर्दै लगेको जनाए ।
उनले ईशान अस्पताल बिरामी र वातावरण मैत्री भएको समेत जानकारी दिए ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’