पोलियो खोपको क्लिनिकल ट्रायलको लागि अनुमति प्रदान
हेल्थ टिभी अनलाइन \काठमाडौं : सरकारले पोलियो खोपको क्लिनिकल ट्रायलको लागि अनुमति प्रदान गर्ने निर्णय गरेको छ। मंगलवार बसेको मन्त्रीपरिषद्को बैठकले पोलियो खोपको क्लिनिकल ट्रायल गर्न दिने निर्णय गरेको हो।
सरकारले नेपाल स्वास्थ्य अनुसन्धान परिषदलाई पोलियो रोगविरुद्धको नयाँ स्ट्रेनको पोलियो खोपको क्लिनिकल ट्रायल गर्न अनुमति दिएको हाे।
बुधवार मन्त्रीपरिषद्काे निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले सरकारले पोलियो खोपको क्लिनिकल ट्रायलको लागि अनुमति प्रदान गर्ने निर्णय गरेको बताए।
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै