क्रिटिकल केयर नर्सेस एशोसिएसनमा नयाँ कार्यसमिति, अध्यक्षमा बिमला श्रेष्ठ
हेल्थ टिभी अनलाइन \काठमाडौं : क्रिटिकल केयर नर्सेस एशोसिएसन अफ नेपालमा नयाँ कार्यसमिति चयन भएको छ । विमला श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन भएको हो । एशोसिएसनको उपाध्यक्षमा कविता सिटौला चयन भएकी छिन। यसैगरी महासचिवमा प्रभा गौतम, कोषाध्यक्षमा मन्जु डोटेल, सह सचिवमा साल्पा अमात्य, सह कोषाध्यक्ष सविना पाठक चयन भएका छन्।
यसैगरी नयाँ कार्यसमितिको सदस्यहरुमा बरुणा पौडेल, मनिषा, निशा भण्डारी, परिस्मा ताम्राकार र सविता श्रेष्ठ रहेका छन्। शुक्रबार भएको अधिवेसनबाट नयाँ कार्यसमिति चयन भएको हो । यसअघि लक्ष्मी केसी संस्थाको अध्यक्ष थिइन ।
क्रिटिकल केयर नर्सेस एशोसिएसन क्रिटिकल केयरमा काम गर्ने नर्सहरुको क्षमता अभिवृद्धि गर्दै क्रिटिकल केयर सेवाको विकासका लागि काम गर्ने संस्था हो । जसले आफनो स्थापना कालदेखि नर्सहरुका लागि विभिन्न शैक्षिक कार्यक्रम तथा तालिम, सेमिनार गर्दै आएको छ । यसमा हालसम्म १९६ जना क्रिटिकल केयर नर्स आजीवन सदस्य रहेका छन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण