विश्व एड्स दिवसको अवसरमा र्याली
हेल्थ टिभी अनलाइन \काठमाडौं : आज डिसेम्बर एक अर्थात विश्व एड्स दिवस । नेपालमा विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदैछ ।
एचआइभी र एड्स सम्बन्धी प्रभावकारी रोकथाम, हेरचाह, सहयोग तथा उपचार सेवाको लागि विश्वव्यापी ध्यानाकर्षण गर्नका लागि यसबारेमा जनचेतना जगाउन प्रत्येक वर्ष डिसेम्बर एकमा यो दिवस मनाउने गरिन्छ ।
३५ औं विश्व एड्स दिवसको सन्दर्भमा आज राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले र्यालीको आयोजना गरेको छ । र्याली स्वास्थ्य सेवा विभाग टेकुबाट सुरु भएर त्रिपुरेश्वर हुँदै पुन सोही स्थानमा आएर कोण सभा गरेर सम्पन्न भएको थियो ।
कार्यक्रममा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दिपेन्द्र रमण सिंहले एचआइभी, एड्सलाई नियन्त्रण गर्न सबै जना हातेमालो गरेर अघि बढ्न पर्नेमा जोड दिएका थिए ।
गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रीमा सीता सुन्दास नियुक्त
मातृ तथा नवजात शिशु मृत्युदर घटाउन मिडवाइफको भूमिका महत्वपूर्ण
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल