Health TV Online
Health TV Online
Health TV Online

फोक्सोको क्यान्सरबारे जनचेतना जगाउन ‘सर्भाइभर मिट’ सम्पन्न

फोक्सोको क्यान्सरबारे जनचेतना जगाउन ‘सर्भाइभर मिट’ सम्पन्न

हेल्थ टिभी अनलाइन \काठमाडौं : नोभेम्बर महिनालाई फोक्सोको क्यान्सरबारे सचेतना जगाउने महिनाका रुपमा लिइन्छ । यही अवसरमा सोमबार नेपाल क्यान्सर सपोर्ट ग्रुप र नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टरले संयुक्त रुपमा सभाईभर मिट तथा छलफल कार्यक्रम गरेका हुन्।

३८ औं सभाईभर मिट कार्यक्रममा विज्ञहरुले बढ्दो धुम्रपानको सेवनले नेपालमा फोक्सोका बिरामी बढेको बताए । उनीहरुले फोक्सोको क्यान्सरको ८५ प्रतिशत कारण धुम्रपान नै रहेको भन्दै यसको सेवन कम गर्ने वा नगर्ने हो भने धेरै हदसम्म फोक्सोको क्यान्सरबाट जोगिन सकिने बताए ।

कार्यक्रममा अस्पतालका मेडिकल निर्देशक डा विजेशराज घिमिरेले सुरुकै अवस्थामा यस क्यान्सरमा लक्षण नदेखिने हुँदा बिरामी थर्ड तथा फोर्थ स्टेजमा मात्र आउने गरेको भन्दै लक्षण नै नदखिँदा पनि नियमित जाँच गर्न पर्नेमा जोड दिए । उनले क्यान्सरको उपचारमा नयाँ नयाँ प्रविधि र औषधि आएकाले धेरै जसो बिरामीलाई उपचार मार्फत निको बनाउन सकिने भए पनि ढिला गरी आउँदा समस्या हुने गरेको जनाए ।

यसैगरी नेपाल क्यान्सर सपोर्ट ग्रुपका अध्यक्ष दिलिप भट्टराईले क्यान्सकाबारेमा पहिले भन्दा केही मात्रामा जनचेतना बढेको भए पनि अझै पनि जनचेतनामूलक कार्यक्रम गाउँ गाउँसम्म लैजान पर्नेमा जोड दिए ।

कार्यक्रममा अन्य विशेषज्ञ चिकित्सहरुले आ आफनो धारणा राखेका थिए । विश्वमै पुरुषहरुमा हुने क्यान्सरमध्ये फोक्सोको क्यान्सर पहिलो नम्बरमा आउँछ । महिलाहरुमा भने स्तन, पाठेघरको मुखको क्यान्सरपछि फोक्सो क्यान्सर तेस्रो नम्बरमा पर्न आउँछ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार