क्यान्सर विजेताहरुको तेस्रो ‘र्याम्प वाक’ पोखरामा हुँदै
हेल्थ टिभी अनलाइन \काठमाडौं : क्यान्सर विजेताहरुको तेस्रो र्याम्प वाक पोखरामा हुने भएको छ ।
नेपाल क्यान्सर सपोर्ट ग्रुप र नेपाल क्यान्सर हस्पिटल तथा रिसर्च सेन्टरको आयोजनामा यसअघि दुई वटा र्याम्प वाक काठमाडौंमा भइसकेकोमा यसपटक भने पोखरामा हुन लागेको हो । र्याम्प वाक कार्यक्रमकी संयोजक तथा नेपाल क्यान्सर सपोर्ट ग्रुपकी उपाध्यक्ष स्वरुपा श्रेष्ठले क्यान्सर उपचार गराइरहेका बिरामीको हौसला बढाउन आफूहरुले सुरु गरेको र्याम्प वाक आउँदो फेब्रुअरी ३ मा पोखरामा गर्न लागिएको जानकारी दिइन्। उनले काठमाडौं बाहिर पनि क्यान्सर सचेतना आवश्यक छ भनेर यसपटक पोखरामा र्याम्प वाक गर्ने निर्णय गरिएको जनाइन्।

उनले यसपटक ५० जना क्यान्सर विजेता ‘क्यान्सर पनि निको हुन्छ’ भन्ने सन्देश लिएर र्याम्पमा उत्रिने समेत जानकारी दिइन् । श्रेष्ठले भनिन, ‘क्यान्सर विजेताहरु समाजमा खुलेर आउँदा उपचार गराइरहेका बिरामीको हौसला र आत्मविश्वास बढ्ने गर्छ । यो रोग पनि समयमै उपचार गरे निको हुन्छ भन्ने सन्देश दिन र्याम्प वाक गर्दै आएका हौं ।’
उनले आफूहरुले ४ वर्ष अघि पहिलोपटक ‘र्याम्प वाक’ आयोजना गर्छु भन्दा विजेता खुल्नै नमानेको प्रसगं सुनाउँदै अहिले ४ वर्षकै अवधिमा धेरै जनाको सोचमा धेरै परिवर्तन आएको जिकीर गरिन । उनले भनिन, ‘अहिले त म हिंड्छु र्याम्पमा भनेर आउने क्यान्सर विजेताहरुको संख्या धेरै नै छ । अहिले नै ५० जनाले नाम टिपाइसकेका छन्।’
यति छोटो समयमा आएको परिवर्तनले हामीलाई क्यान्सर बिरामीहरुको क्षेत्रमा काम गर्न अझै हौसला बढेको छ उनले थपिन ।
क्यान्सर विजेताहरुसँगै क्यान्सरका विशेषज्ञ चिकित्सकहरु पनि र्याम्प वाकमा सहभागी हुने छन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण