मिडवाइफ्री सोसाइटीको अध्यक्षमा प्राध्यापक गोमा निरौला
हेल्थ टिभी अनलाइन \काठमाडौं : मिडवाइफ्री सोसाईटी अफ नेपाल (मिड्सन) को नयाँ कार्यसमितिको अध्यक्षमा प्राध्यापक गोमा निरौला श्रेष्ठ चयन भएकी छिन्।
शुक्रबार काठमाडौंमा भएको १३ औं वार्षिक साधारणसभा तथा चौंथो अधिवेसनबाट उनी अध्यक्ष पदमा चुनिएकी हुन्। यसैगरी उपाध्यक्षमा डा अर्चना पाण्डे विष्ट र सचिवमा प्रशंसा बुढा चयन भएका छन्।
सहसचिवमा ज्ञानु महर्जन तथा कोषाध्यक्षमा ज्योति भेटवाल र सह कोषध्यक्षमा मैया शोभा मानन्धर चयन भएका छन्।
यसैगरी कार्यसमिति सदस्यहरुमा आशा लक्ष्मी प्रजापति, विनु थापा,निरन श्रेष्ठ, दिपा भट्टराई र रुकुमणि त्रिपाठी रहेका छन्।
यसअघि डा लक्ष्मी तामाङ सोसाइटीकी अध्यक्ष थिइन् । तामाङले समितिमा सबै संस्थालाई प्रतिनिधित्व गर्दै तथा नयाँ पुस्तालाई पनि सामेल गरेर कार्यसमिति चयन गरिएको जिकीर गरिन । नयाँ कार्यसमितिमा अध्यक्ष, उपाध्यक्ष र सहसचिव निर्विरोध निर्वाचित भएका हुन् भने अन्य पदहरुमा चुनाव भएको थियो ।
नयाँ कार्यसमितिको कार्यकाल ३ वर्षको हुनेछ ।
औषधीय गुणले भरिपूर्ण सिस्नो
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने
न्युरोसाइन्स सम्बन्धी १४ दिने अन्तराष्ट्रिय वर्कशप काठमाडौंमा
कान्ति बाल अस्पतालले माग्यो ठूलो संख्यामा चिकित्सक तथा नर्स