मिडवाइफ्री सोसाइटीको अध्यक्षमा प्राध्यापक गोमा निरौला
हेल्थ टिभी अनलाइन \काठमाडौं : मिडवाइफ्री सोसाईटी अफ नेपाल (मिड्सन) को नयाँ कार्यसमितिको अध्यक्षमा प्राध्यापक गोमा निरौला श्रेष्ठ चयन भएकी छिन्।
शुक्रबार काठमाडौंमा भएको १३ औं वार्षिक साधारणसभा तथा चौंथो अधिवेसनबाट उनी अध्यक्ष पदमा चुनिएकी हुन्। यसैगरी उपाध्यक्षमा डा अर्चना पाण्डे विष्ट र सचिवमा प्रशंसा बुढा चयन भएका छन्।
सहसचिवमा ज्ञानु महर्जन तथा कोषाध्यक्षमा ज्योति भेटवाल र सह कोषध्यक्षमा मैया शोभा मानन्धर चयन भएका छन्।
यसैगरी कार्यसमिति सदस्यहरुमा आशा लक्ष्मी प्रजापति, विनु थापा,निरन श्रेष्ठ, दिपा भट्टराई र रुकुमणि त्रिपाठी रहेका छन्।
यसअघि डा लक्ष्मी तामाङ सोसाइटीकी अध्यक्ष थिइन् । तामाङले समितिमा सबै संस्थालाई प्रतिनिधित्व गर्दै तथा नयाँ पुस्तालाई पनि सामेल गरेर कार्यसमिति चयन गरिएको जिकीर गरिन । नयाँ कार्यसमितिमा अध्यक्ष, उपाध्यक्ष र सहसचिव निर्विरोध निर्वाचित भएका हुन् भने अन्य पदहरुमा चुनाव भएको थियो ।
नयाँ कार्यसमितिको कार्यकाल ३ वर्षको हुनेछ ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’