डा तोसिमा कार्की फराकिलो मतान्तरले विजयी
हेल्थ टिभी अनलाइन \काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीकी डा तोसिमा कार्की ललितपुर क्षेत्र नं ३ बाट प्रतिनिधि सभा सदस्यमा फराकिलो मतान्तरले निर्वाचित भएकी छन्।
नेकपा एमालेका अमृत भट्टराई र नेकपा माओवादी केन्द्रकी पम्फा भुसाललाई फराकिलो मत अन्तरले हराउँदै कार्की विजयी भएकी हुन्।
डा कार्कीले निकटतम प्रतिस्पर्धीलाई १८ हजार बढी मतले हराएकी हुन् । बिहीबार बिहान सार्वजनिक भएको अन्तिम मत परिणाम अनुसार तोसिमाले ३१ हजार १३६ मत पाएकी छन्।
उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका अमृत खड्काले १२ हजार ९६३ मत पाए। सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्रकी पम्फा भुसालले ८ हजार ७६९ मत मात्र पाइन्। यसअघि २०७४ को निर्वाचनमा भुसालले यही क्षेत्रबाट चुनाव जितेकी थिइन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण