नेपालमा पहिलोपटक मनाइयो विश्व अकुपञ्चर दिवस
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा पहिलोपटक विश्व अकुपञ्चर दिवस मनाइएको छ । आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले काठमाडौंमा आज एक छलफल कार्यक्रम गर्दै विश्व अकुपञ्चर दिवस मनाएको हो । अकुपञ्चर चिकित्सा धेरै रोगहरुमा प्रयोग गर्न सकिने चिकित्सा पद्धति हो । विश्व स्वास्थ्य संगठनका अनुसार ३ सय बढी रोग र अवस्थामा यसको प्रयोग गर्न सकिन्छ ।
ब्राजिलमा सन २०११ मा भएको फ्रेन्च कमिसन अफ वल्र्ड फेडेरेसन अफ अकुपञ्चर मोक्सिबुसन सम्बन्धी वैज्ञानिकको सम्मेलनले नोभेम्बर २२ लाई विश्व अकुपञ्चर दिवस मनाउने निर्णय गरेको थियो । त्यस यता अन्य देशहरुमा यो दिवस मनाउन थालिएको भए पनि नेपालमा भने यो दिवस मनााउने गरिएको थिएन । यसपटकदेखि नेपालमा पनि अकुपञ्चर दिवस मनाउन थालिएको र यसलाई निरन्तरता दिइने आयोजकले जनाएका छन्।

कार्यक्रममा अकुपञ्चर विशेषज्ञहरुले नेपालमा धेरै रोगहरु निको पार्नका लागि अकुपञ्चर पद्धति प्रयोग हुँदै आएको भए पनि सरकारी दरबन्दीको समस्या हुँदा यो क्षेत्रमा सोचे अनुरुप विकास हुन नसकेको गुनासो गरेका थिए ।
पहिलोपटक गरिएको कार्यक्रममा वल्र्ड फेडेरेसन अफ अकुपञ्चर मोक्सिबुसन सोसाइटीका सदस्य एवम यियानचिन युनिभर्सिटी अफ ट्रेडिसनल मेडिसिनका अकुपञ्चर विभागका डीन प्राडा कुवी इ ले नेपालमा पनि यो दिवस मनाउन लागेकोमा खुशी व्यक्त गर्दै भिडियो सन्देश पठाएका थिए ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’